मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्याङ्जाका सयौ व्यावसायीक फर्म निलम्बनमा

rajdhanidaily.com · Tue May 27 23:35:04 GMT 2025

स्याङ्जा । आन्तरिक राजस्व विभागले स्याङ्जाका सयौ व्यवसायीक फर्म, कम्पनीहरु निलम्बन गरेको जनाएको छ । विभागले दिएको जानकारी अनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८) बमोजिम स्याङ्जाका झण्डै ३ सय ३६ व्यवसायीक फर्म, कम्पनीको करकट्टी गरी दर्ता निलम्बन गरिएको जनाएको हो । विभागले निलम्बन गरेर सार्वजनिक गरेका करदाता फर्म, कम्पनीहरु अधिकांश निर्माण व्यवसायीको रहेको देखिएको छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८) मा लगातार ६ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्तो करदाताको कर कट्टी गर्नु पर्ने रकम बाँकी भए रोक्का राख्न र निजको दर्ता समेत निलम्बन गर्न सकिने व्यवस्था अनुसार दर्ता खारेजी प्रक्रिया अगाडि बढाईएको विभागले जनाएको छ । निलम्बनमा परेका फर्म, कम्पनीले पुन विवरण बुझाएमा निलम्बन फुकुवा गर्न सकिने विभागका सूचना अधिकारी बासुदेव पौडेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)