त्रिपुरासुन्दरीमा सञ्चालनमा आयो प्रयोगशाला
barnanmedia.com · Tue May 27 23:26:34 GMT 2025

काठमाडौँ, १४ जेठ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपलिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन गर्नुभएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड)ले निर्माण गरेको उक्त भवनको हस्तान्तरण एंव उद्घाटन कार्यक्रमलाई मङ्गलबार सम्वोधन गर्दै मन्त्री अधिकारीले यस केन्द्रको सञ्चालन सँगै माटो, खेती, बाली तथा पशुपन्छीमा लाग्ने रोगको परिक्षणका लागि सहज र सुलभ सेवा किसानले प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता सेवा केन्द्रहरुको निर्माण र सञ्चालन हुनु कृषि कर्म गर्ने किसानका लागि महत्वपुर्ण उपलब्धी भएको उहाँको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)