मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कहिले विदेशी पर्यटकले भरिभराउ हुने बाम्तीभण्डार आज किन सुनसान बन्यो ?

kalakarmi.com · Sat Jun 13 06:47:15 GMT 2026

रामेछाप- कुनैबेला सोलुखुम्बु प्रवेश गर्ने प्रमुख नाकाका रूपमा परिचित रामेछापको बाम्तीभण्डार बजार अहिले सुनसान बन्दै गएको छ । सडक सञ्जालको विस्तार र पर्यटकको यात्रा शैलीमा आएको परिवर्तनसँगै यहाँको व्यापार-व्यवसाय ठप्पजस्तै बनेको स्थानीयहरू बताउँछन् ।

दोलखाको जिरीबाट बात्ती हुँदै पैदल यात्रा गरेर सोलुखुम्बु पुग्ने रुट सञ्चालनमा रहेको समयमा बाम्तीभण्डार विदेशी पर्यटकले भरिभराउ हुन्थ्यो । जता हेर्यो त्यतै विदेशी पर्यटक देखिन्थे । होटेलहरू खचाखच भरिन्थे भने कोठा अभाव भएपछि कतिपय पर्यटकले बाहिरै टेन्ट गाडेर बस्ने गर्थे । तर अहिले अवस्था फेरिएको छ । सोलुखुम्बु जाने अधिकांश पर्यटक रामेछापको मन्थली विमानस्थलबाट जहाज चढेर जाने गरेका छन् । बसमार्फत यात्रा गर्नेहरू पनि सोझै सोलुखुम्बुको सदरमुकाम सल्लेरी पुग्न थालेपछि बात्ती हुँदै जाने पुरानो पदमार्ग सुनसान बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)