प्रज्ञा–प्रतिष्ठानले अनुसन्धान लेखनसम्बन्धी शैली पुस्तिका तयार पार्ने
ratopati.com
नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुसन्धान लेखनसम्बन्धी शैली पुस्तिका बनाउने भएको छ । पुस्तिका निर्माणका लागि आवश्यक गृहकार्य शुरु गरिएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए । प्रतिष्ठानको आयोजनामा यहाँ आज भएको ‘अनुसन्धान लेखन अभिमुखीकरण वेभिनार गोष्ठी’लाई सम्बोधन गर्दै कुलपति उप्रेतीले भने, “अनुसन्धान लेखनसम्बन्धी निर्दिष्ट शैली पुस्तिका आवश्यक देखिएको छ, विज्ञको सहयोग लिएर प्रतिष्ठानले बनाउने योजना अघि बढाएको छ ।”
प्रतिष्ठानले निकालेको प्रा डा दयाराम सम्भवद्वारा लिखित अनुसन्धान विधिबारेको पुस्तक झण्डै झण्डै शैली पुस्तिका जस्तै रहेको उल्लेख गर्दै उनले प्रतिष्ठानले तयार पारेको नेपालीको शैक्षिक व्याकरण आगामी हप्ता सार्वजनिक गर्न लागिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)