इजाजपत्र नलिई हुण्डी कारोबार गर्ने एक पक्राउ
lokaantar.com · Thu Feb 23 00:51:36 GMT 2023
इजाजतपत्र नलिई बित्तीय कारोबार गर्ने (हुण्डी) कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत हिमाञ्चल सिमलाथाना घर भई काठमाडौं महानगरपालिका –१४ कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४९ वर्षीय विजयकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंको कुलेश्वर एरियामा केही व्यक्तिले नेपाल राष्ट्र बैकले जारीगरेको आदेश, निर्देशन विपरीत हुनेगरी इजाजतपत्र नलिई बित्तीय कारोवार (हुण्डी) गर्दैआएको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटेको प्रहरीले हुण्डी गर्ने प्रयोजनका लागि संकलन गरेको नगद ५७ लाख रूपैयाँ र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेकसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)