काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
ratopati.com · Sat Jul 04 16:34:35 GMT 2026

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा मुसलधारे (भारी वर्षा) भएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले बदली र ठाउँठाउँमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।
मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । विभागका अनुसार शनिबार राति अभिलेख भएको वर्षा मापनमा पछिल्लो २४ घण्टामा काठमाडौँको कीर्तिपुरमा ७५ मिलिमिटर र बबरमहलमा ५३ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
मौसम