भ्युजको लोभमा सादा पोशाकका प्रहरीको भिडिओ सार्वजनिक गरेको भन्दै फेसबुक पेजहरूको आलोचना
techpana.com · Sat Jul 04 16:32:28 GMT 2026

काठमाडौं । राजधानीको माइतीघरमा लागूऔषध नियन्त्रण ब्युरोका सादा पोशाक (सिभिल) का प्रहरीले एक युवकलाई नियन्त्रणमा लिँदै गरेको भिडिओ खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि फेसबुक पेजको आलोचना भएको छ । शुक्रबार ब्युरोबाट खटिएका सादा पोशाकका दुई प्रहरीले लागूऔषध कारोबारको आरोपमा एक युवकलाई नियन्त्रणमा लिने क्रममा आफूलाई पत्रकार दाबी गर्ने व्यक्तिले भिडिओ खिचेका थिए ।
भिडिओमा ती व्यक्तिले प्रहरीलाई परिचय पत्र देखाउन माग गर्दै नियन्त्रणमा लिइएका युवकलाई भ्यानसम्म पुर्याउँदासम्मको दृश्य रेकर्ड गरेका थिए । उक्त भिडिओ ‘ जनता मिडिया ’, ‘ खबर बुलेटिन टिभी ’ लगायतका फेसबुक पेजले पोस्ट गरेका छन् । भिडिओमा प्रहरीको अनुहार नधमिल्याई (ब्लर नगरी) सार्वजनिक गरिएपछि ती पेजको व्यावसायिकता र गोपनीयताको हकमाथि प्रश्न उठेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)
काठमाडौँ