सेफ्टी ट्याङकीमा खसेर चितवनमा दुई सफाइ मजदुरको मृत्यु
nayapatrikadaily.com · Wed Jun 08 16:00:00 GMT 2022
सेफ्टी ट्यांकीमा खसेर चितवनमा दुईजना सफाइ मजदुरको मृत्यु भएको छ । बुधबार भरतपुर महानगरपालिका वडा नं. १९ तमुटोका रामप्यारी गुरुङको घरको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा २४ वर्षका छतिराम थारू र २३ वर्षका रामबहादुर चौधरीको मृत्यु भएको हो ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ घर भएका छतिराम सफा गर्ने क्रममा अचानक चिप्लिएपछि उनलाई उद्धार गर्न खोज्दा रामबहादुरसमेत ट्यांकीमा फसेका थिए । नाताले छतिराम र रामबहादुर भिनाजु र सालो पर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)