मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप सेमिफाइनल: मोरक्कोविरुद्ध फ्रान्स १-० ले अगाडि

annapurnapost.com · Wed Dec 14 19:35:00 GMT 2022

दोहा: थियो हर्नान्डेजको एक्रोब्याटिक गोलसँगै फ्रान्सले फिफा विश्वकपको सेमिफाइनलअन्तर्गत मोरक्कोविरुद्धको पहिलो हाफमा १-० को अग्रता लिएको छ। अल बायट रंगशालामा जारी खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोलपोष्टको बायाँतर्फबाट उत्कृष्ट गोल गरेका थिए।

एन्टोइन ग्रिजम्यानको पासमा किलियान एम्बाप्पेले गरेको प्रहार मोरक्कोका खेलाडीलाई लागेर फर्किएको बलमा हर्नान्डेजले एक्रोब्याटिक फिनिस गरेका थिए। विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको मोरक्कोले ६ खेलमा विपक्षी खेलाडीबाट पहिलो गोल खाएको हो। यसअघि नायिफ अग्वेर्डबाट आत्मघाती गोलमात्रै खाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)