होङ्सी शिवमको तर्फबाट परिसंघले सरकारलाई २ सय अक्सिजन कन्सन्ट्रेटर दियो
setopati.com · Tue May 11 17:39:00 GMT 2021
नेपाल उद्योग परिसंघले आफ्नो सदस्य होङ्सी शिवम तर्फबाट ८ लिटर क्षमताका २ सय थान अक्सिजन कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण गरेको छ। परिसंघका अध्यक्ष सतिशकुमार मोरले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्।
परिसंघको तर्फबाट उपलब्ध गराइएको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री त्रिपाठीले महामारी तथा अक्सिजन अभावको अहिलेको अवस्थामा यस्ता सामग्री अक्सिजन सिलिन्डरको विकल्पको रूपमा प्रयोग हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)