अबदेखि ‘ब्रिज कोर्स’का नाममा हुने कार्यक्रम बन्द गर्न सरकारको अनुरोध
hamrakura.com · Sun Mar 29 00:00:00 GMT 2026
काठमाडौँ । सरकारले ‘ब्रिज कोर्स’का नाममा हुने विभिन्न कार्यक्रम बन्द गर्न अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिज कोर्सका नाममा हुने विभिन्न कार्यक्रम बन्द गर्न अनुरोध गरेको हो ।
मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिएको जनाउँदै आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा कार्यक्रम बन्द गर्न सम्बन्धित संस्थाहरूलाई अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)