के हो जलबिन्दु? संभावित जोखिममा को?
nepallive.com · Sat Apr 03 00:36:00 GMT 2021
काठमाडाैं- जलबिन्दुबारे संसारभर जनचेतना फैलाउन विभिन्न कार्यक्रम गरी मार्च महिनाको दोस्रो साता विश्व जलबिन्दु सप्ताह मनाउने गरिन्छ। विश्व जलबिन्दु सङ्घको आयोजनामा यस वर्ष हुन गइरहेको यो कार्यक्रमका लागि 'संसार सुन्दर छ, दृष्टि जोगाऔँ' भन्ने नारा तय गरिएको छ।
दृष्टि स्नायु (अप्टिक नर्भ)मा हुने जलबिन्दुबाट दृष्टि गुम्ने दर अन्धोपन गराउने रोगको सूचीमा विश्वमा दोस्रो स्थानमा छ। नेपालमा अन्धोपन गराउन सक्ने आँखाको रोगको सूचीमा जलबिन्दु तेस्रो स्थानमा छ। यो रोगबारे धेरैमा सचेतनाको अभाव छ। जलबिन्दु लागेका व्यक्तिको परिवारमा यो रोगको जोखिम १० गुणा बढी हुने अध्ययनले देखाएको छ। यसर्थ परिवारमा कसैलाई जलबिन्दु भएको खण्डमा बढी सचेतता अपनाउन जरुरी हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)