'पूर्णबहादुरको सारंगी' ले १० दिनमा कमायो १८ करोड, बनायो दुई कीर्तिमान
nepalsamaya.com · Sun Nov 10 17:39:05 UTC 2024
काठमाडौं- फिल्म 'पूर्णबहादुरको सारंगी' ले आक्रामक व्यापार गरिरहेको छ। विजय बराल अभिनीत यो फिल्मले प्रदर्शनको १० दिनमा १७ करोड ९८ लाख रूपैयाँ कमाइ गरेको छ।
निर्माण पक्षले आइतबार बेलुका शनिबारसम्मको कमाइ सार्वजनिक गरेको छ। फिल्मले कीर्तिमान समेत कायम गरेको छ। यो फिल्मले एकै दिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान रचेको छ। फिल्मले शनिबार एकै दिन ३ करोड ८९ लाख रूपैयाँ कमाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)