कि सडक देउ, सक्दैनौ भने लुम्बिनीमा गाभ्देउ
hamrakura.com · Mon Jan 22 00:00:00 GMT 2024
कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ र ७ का स्थानीयले दुम्किबास त्रिवेणी सडक बनाएर पालिकाको केन्द्र र जिल्ला सदरमुकाम जोड्न नसक्ने हो भने आफूहरुलाई लुम्बिनी प्रदेशमा गाभ्दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छ्न् ।
गण्डकी प्रदेशको गौरवको आयोजना रहेको त्रिवेणी कोरला मार्गको दुम्किबास त्रिवेणी सडकखण्ड निर्माण नहुँदा विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई आफ्नै गाउँपालिकाको केन्द्र दुम्किबास बजार आइपुग्न ४० किलोमिटर बढीको दूरी पार गर्नुपर्ने बाध्यता अझै पनि हट्न नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)