फिफाको वरीयतामा नेपाल १ सय ७६औँ स्थानमा यथावत्
Ujyaaloonline.com · Fri Aug 26 01:02:56 GMT 2022
काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को पछिल्लो वरीयतामा नेपाल यथावत् रहेको छ । फिफाले निकालेको नयाँ वरीयता अनुसार नेपाल अघिल्लो महिना जस्तै १ सय ७६औँ स्थानमा यथावत् रहेको हो ।
नेपालले पछिल्लो पटक गएको जुनमा कुवेतमा एसियन कप छनोट खेलेको थियो । नेपालले अर्को महिना घरेलु मैदानमा बङ्लादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)