मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइसिसी विश्वकप लिग–२ : नामिबियासँग नेपाल चार विकेटले पराजित

nayapatrikadaily.com · Fri Feb 16 00:42:00 GMT 2024

घरेलु टोली नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत २०२४–२७ को पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार पहिले ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३२ रनमा समेटियो । नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै सहजै लक्ष्य भेट्टायो । जितसँगै नामिबियाले दुई अंक बटुलेको छ । नेपालले हारबाट विश्वकप लिग–२ को सुरुवात गरेको छ । यसअघि पहिलो ब्याटिङ गर्न अवसर पाएको नेपालले त्रिवि क्रिकेट मैदानमा फितलो प्रदर्शन गरेको थियो । शीर्ष जिम्मेवार ब्याट्सम्यान चल्न नसक्दा नामिबिया खेलमा हाबी भएको थियो ।

नेपाललाई अलआउट पार्ने क्रममा नामिबियाका बलर ग्रेहार्ड इरास्मुसले घातक बलिङ गरेका थिए । उनले ८.१ ओभरमा २८ रन खर्चेर पाँच विकेट लिए । नेपालले नामिबियाविरुद्ध ब्याटिङ इनिङ्समा कुनै पनि समयमा चुनौती प्रस्तुत गर्न सकेन । शीर्ष चार ब्याट्सम्यान केवल २१ रनभित्र पेभेलियन फर्केपछि नामिबियाले खेल पूरै नियन्त्रणमा लियो । ओपनर कुशल (०), आसिफ शेख (४), अनिल साह (८) र कप्तान रोहितकुमार पौडेल (१) रनमा आउट हुँदा नेपाल ९.३ ओभरमा २१÷४ को कमजोर अवस्थामा थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)