बालबालिकालाई लक्षित गरी तेश्रो लहरको तयारीमा लाग्न मन्त्री राईको निर्देशन
ratopati.com
प्रदेश १ का सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड–१९ को तेश्रो लहरको पूर्वतयारीमा जुट्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएकी छन् । उनले कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई बढी असर पुग्न सक्ने विज्ञहरुको चेतावनीलाई ध्यानमा राख्दै बालबालिकाको उपचारका लागि अस्पतालमा छुट्टै वार्डको व्यवस्थापन गर्न निर्देशन दिएकी हुन् ।
कोभिड–१९ को सम्भावित तेश्रो लहरको पूर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री राईले हामी तयारी अवस्थामै थिएनौ भन्ने छुट नहुने गरी बालबालिकाको उपचारको तयारीमा जुट्न निर्देशन दिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)