मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चारवटा सञ्चारमाध्यम कालोसूचीमा, सात वटालाई विशेष अनुगमन

ratopati.com · Sun Nov 10 18:30:00 UTC 2024

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै विभिन्न चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । त्यस्तै, विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन गरिरहेको जनाएको छ ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले उक्त निर्णय गरेको हो । काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारबाही गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको हो । दसैंअघि काउन्सिलले तीनवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)