मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमा अमेरिकी स्थल आक्रमणको खतरा : कडा प्रतिकार गर्ने तेहरानको चेतावनी

barnanmedia.com · Sun Mar 29 19:15:00 GMT 2026

पश्चिम एसियामा जारी युद्धले भयावह रूप लिँदै गर्दा इरानले अमेरिकाको सम्भावित स्थल आक्रमणको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। वासिङ्टनले एकातिर वार्ताको प्रस्ताव गर्ने र अर्कोतिर गोप्य रूपमा स्थल सेना परिचालनको तयारी गरिरहेको आरोप लगाउँदै इरानले आइतबार यस्तो प्रतिक्रिया दिएको हो।

इरानी संसदका सभामुख मोहम्मद बागेर कलिबाफले राष्ट्रका नाममा सन्देश दिँदै अमेरिकाले इरानलाई घुँडा टेकाउन खोजेको तर आफूहरू कुनै पनि हालतमा अपमानित नहुने र कडा जवाफ दिने स्पष्ट पारेका छन्। फेब्रुअरी २८ बाट अमेरिका र इजरायलको आक्रमणसँगै सुरु भएको यो युद्ध अहिले दोस्रो महिनामा प्रवेश गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)