मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआरएनए अमेरिकामा अर्को किचलो, एनससीसी र निर्वाचन आयोगबीच विवाद

dcnepal.com · Sat Jun 26 20:31:50 GMT 2021

वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष सुनील साहले एनआरएनए अमेरिकाको निर्वाचन आयोगलाई तत्काल कुनै पनि निर्वाचनका कामलाई स्थगित गर्न आदेश दिएका छन् । उनले निमित्त प्रमुख निर्वाचन आयुक्त एटर्नी बासु फुलारालाई एक अति जरुरी इमेल लेख्दै यस्तो आदेश दिएका हुन् । एनआरएनए अमेरिकाको कार्यसमितिको निर्णयको हवाला दिंदै साहले पठाएको यस्तो आदेशलाई निमित्त प्रमुख निर्वाचन आयुक्त फुलाराले भने पूरै बेवास्ता गरिदिएका छन् । साहको पत्रको जवाफ इमेलमार्फत नै दिंदै फुलाराले निर्वाचनको कार्यतालिका नै सार्वजानिक गरिदिएका छन् । उनले जुन २५ मा यस्तो कार्यतालिका सार्वजानिक गर्दै जुलाई १ मा डेलिगेटका १९ सिटमा निर्वाचन सम्पन्न हुने जानकारी एनसीसी अमेरिकालाई दिएका छन् । यतिमात्र होइन जम्मा ४५ सिटमा डेलिगेटको चुनाव हुनुपर्नेमा फुलाराले २९ सिट एनआरएनएका स्थानीय च्याप्टर अर्थात् राज्यसमितिबाट सिधै छनौट गर्ने र बांकी १८ सिटमा मात्र निर्वाचन गर्ने निर्णय पनि गरिदिएका छन् । त्यसमा पनि उनले एनसीसी बोर्डको निर्णय विना नै कुन कुन क्षेत्रबाट कति कति संख्यामा डेलिगेट निर्वाचित गर्ने भन्ने निर्णय पनि आफैं गरिदिएका छन् । निर्वाचन आयोगले गैरकानूनी काम गरेको भन्दै आइसीसीका लागि डेलिगेट पठाउन आइसीसी र एनसीसीको विधानबमोजिम निर्वाचनको काम गरी डेलिगेट निर्वाचित गर्न एनसीसीले डा.राजन पन्तको अध्यक्षतामा छुट्टै समिति बनाएको छ । एनसीसीको विधानबमोजिम गठन भएको यो समितिले पनि निर्वाचनको काम थालेपछि निर्वाचन आयोगले आफूखुसी गर्ने निर्वाचनको बैधानिकता कस्तो हुने हो र दुबैतिर छानिएका व्यक्तिहरुको अवस्था के हुने हो भन्ने प्रश्न उठेको छ । यसैबीच गत निर्वाचनमा अध्यक्षका प्रत्यासीमध्येका एक कृष्ण लामिछानेले एक सार्वजानिक सन्देश प्रकाशित गर्दै निर्वाचन आयोगको कदम विधानविपरीत भएकाले बहस्किार गर्न आह्वान गरेका छन् । उनले भनेका छन्, ‘डेलिगेट चयनको यो विद्यानसंवत विधिलाई नाघेर निर्वाचन समितिले १८ जना डेलिगेटका लागि मात्र निर्वाचन गराउन प्रकृया अघि वढाएका प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको हो । हामी एनआरएनए एनसीसीका सवै सदश्यलाई निर्वाचन आयोगले गर्न लागेको निर्वाचन विधान अनुसार नभएकाले भाग नलिन अनुरोध गर्छौ । उक्त प्रकिृयामा सहभागि नभई वहिस्कार गर्न पनि हाम्रो अनुरोध छ ।’यसैबीच निर्वाचन सम्पन्न गर्नका लागि एनसीसी बोर्डले गठन गरेको समितिकाका संयोजक डा. पन्तले एक विज्ञप्ति जारी गर्दै आफूहरुले निर्वाचनको प्रक्रिया शुरु गरिसकेको बताएका छन् । उनले भनेका छन्, ‘हामीले आई सी सी र एन सी सी को बिघान अनुसार प्रक्रिया अगाडिÞ बढÞाई सकेको याहाहरू समक्ष जानकारी गराउदै भोलि आईतबारबाट डेलिगट्सका लागि नोमिनेशन खोली जुलाई १ भित्र सम्पूर्ण प्रक्रिया पुरा गरी एन सी सी , रिजनल कमिटी आर. सीमार्फत आई सी सी लाई बुझाईने छ ।’ उनले फुलाराको आयोगले गर्ने निर्वाचनको बैधानिकता नभएको जिकिर पनि गरेका छन् ।

भर्खरै राष्ट्रिय समन्वय समितिको निर्वाचन सकिएको एनआरएनए अमेरिकाको निर्वाचन आयोग र राष्ट्रिय कार्यसमितिका बीच डेलिगेट निर्वाचन प्रकरणले किचलो उत्पन्न भएको छ । एउटाले अबैध काम गर्न लागेको भन्दै अर्कोले पनि अबैध कार्य थप्न थालेपछि यो किचलोले अमेरिकाको राजनीतिप्रति चासो राख्ने नेपाली समुदायलाई निकै प्रभावित पारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)