मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'एक चिकित्सक र स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था' योजना तीन अस्पतालमा तत्काल लागु हुने सम्भावना न्यून

baahrakhari.com · Tue Feb 21 00:50:00 GMT 2023

काठमाडौं । सरकारी अस्पतालको सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले सरकारले ६ वर्षदेखि विभिन्न नीतिगत प्रयास गर्दै आएको छ । २०७३ सालदेखिको सरकारको अवधारणा अहिले पनि पूर्णरूपमा कार्यान्वयनमा आएको छैन ।

वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रममा पनि यो विषयलाई प्राथमिकतामा राखिएको छ । न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा भनिएको छ, "एक चिकित्सक र स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ वीर अस्पताल, कान्ति बाल अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा फागुनदेखि कार्यक्रम सञ्चालनमा आउने छ ।"

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)