मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अखिल (क्रान्तिकारी) को तेस्रो केन्द्रीय समितिको बैठक सुरु

ratopati.com · Sat Jun 13 07:08:30 GMT 2026

काठमाडौँ । अखिल (क्रान्तिकारी) को तेस्रो केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ। बैठकको उद्घाटनपछि सङ्गठनको समग्र अवस्था, आगामी कार्यदिशा तथा सङ्गठन विस्तारका विषयमा छलफल प्रारम्भ भएको छ।

यसअघि हिजो बसेको पाँचौँ केन्द्रीय पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठकका एजेन्डा टुङ्ग्याउँदै आवश्यक तयारी सम्पन्न गरेको थियो । बैठकमा सदस्यता नवीकरण तथा पुनर्गठन, प्रदेश, जिल्ला, पालिका, क्याम्पस तथा इकाई तहको सङ्गठनात्मक अवस्थाको समीक्षा, वैचारिक तथा राजनीतिक प्रशिक्षण, आर्थिक तथा साङ्गठनिक प्रतिवेदन, शैक्षिक आन्दोलनका आगामी कार्यक्रम, राष्ट्रिय राजनीति र जनजीविकासँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल भइरहेको छ।

त्यसैगरी, पार्टीभित्र रहेका अर्को विद्यार्थी सङ्गठनसँगको एकता प्रक्रिया अझै बाँकी रहेकाले त्यसलाई निष्कर्षमा पुर्‍याउन विशेष पहल गर्ने निर्णय गर्दै बैठकले वार्ता तथा समन्वय समिति, प्रतिवेदन लेखन समिति र आवश्यक सहजीकरणका लागि अर्को विशेष समिति गठन गर्ने एजेन्डामाथि पनि छलफल अघि बढाएको छ।

बैठकबाट सङ्गठनलाई थप सुदृढ, प्रभावकारी र एकीकृत बनाउने तथा आगामी आन्दोलन र सङ्गठनात्मक कार्य योजनासम्बन्धी महत्त्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

बैठकले पारित गर्ने निर्णयहरू सार्वजनिक गरिने अखिल (क्रान्तिकारी) का केन्द्रीय उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समिति इन्चार्ज निरोज श्रेष्ठले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)