मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फ्रान्स र अष्ट्रीया बराबरीमा रोकिए, क्रोयसियाको जित

ratopati.com

यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स १–१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ । समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रीयासँग अंक बाढ्न बाध्य भयो । सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको हार टारे ।

यसअघि घरेलु टोली अष्ट्रीयाको लागि आन्द्रेस वेमानले गोल गर्दै सुरुवाती अग्रता दिलाए थिए । यता, अष्ट्रीयाको भने प्रतियोगितामा पहिलो हार हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)