मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एभरेष्ट बैंककाे प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ

baahrakhari.com · Fri Sep 24 17:17:00 GMT 2021

काठमाडौं । एभरेष्ट बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङलाई नियुक्त गरेको छ । ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरूमा सफलतापूर्वक सेवा प्रदान गरेका खालिङले असोज ८ गतेदेखि औपचारिक रूपमा एभरेष्ट बैंकमा आफ्नो कार्यकाल सुरु गरेका छन् ।

बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको बैंकको दाबी छ । बैंकले आफ्ना देशभरका १०५ शाखाबाट सेवा दिइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)