‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’
ratopati.com · Thu Nov 20 18:50:00 GMT 2025

कर्णाली। नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुने बताएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘खुला संसद् र नागरिक सहभागितासम्बन्धी अन्तर संवाद’ कार्यक्रममा राजदूत म्योसले दुई देशबीच शैक्षिक विकासमा हुने सहकार्यले थप उचाइ प्राप्त गर्ने बताए । उनले भने, “मध्यपश्चिम विश्वविद्यालयको समावेशी शिक्षा प्रवर्द्धनमा सहकार्य हुँदै आएको छ । आगामी दिनमा पनि स्नातक र स्नातकोत्तर तहका कार्यक्रममा सहयोगलाई निरन्तरता दिनेछौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)