आज अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक विदा, सेयर कारोबार पनि नहुने
arthasansar.com
आज मंगलबार सेयर कारोबार बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा परेको सार्वजनिक विदाका कारण सेयर कारोबार नहुने भएको हो । फागुन २४ गते सार्वजनिक विदा दिने भनेर नेपाल राजपत्र खण्ड ६९० मा उल्लेख गरिएको छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय महिला दिवसका दिन महिला सम्बन्धी संघ संस्थाले विभिन्न कार्यक्रमहरू गरेर मनाउने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)