भारतले इङ्ल्यान्डलाई १५७ रनले हरायो
baahrakhari.com · Mon Sep 06 17:10:00 GMT 2021
काठमाडौं । पहिलो इनिङ्समा खराब प्रदर्शन गरेपनि दोस्रो इनिङ्समा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले चौथो टेस्टमा इङ्ल्यान्डलाई १५७ रनले हराएको छ ।
दोस्रो इनिङ्समा ४६६ रन बनाएपछि इङ्ल्यान्डले जितका लागि ३६८ रनको लक्ष्य पाएको थियो । अघिल्लो दिन इङ्ल्यान्डले विना विकेट क्षति ७७ रन बनाएको थियो । त्यसैले अन्तिम दिन इङ्ल्यान्डलाई जितका लागि २९१ रनको आवश्यकता थियो । तर, घरेलु टोली इङ्ल्यान्डले १५७ रन बनाउँदा सबै विकेट गुमायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)