‘हाइप्रोफाइल’ लगानी : सेयर बजारमा अवसर कि जोखिम ?
arthadabali.com · Wed Apr 15 17:44:41 GMT 2026

काठमाडौँ / सेयर बजार लगानीको उपयुक्त माध्यम बन्दै आएको छ। सही ज्ञान, धैर्य र दीर्घकालीन सोचका साथ लगानी गरेमा यसबाट राम्रो प्रतिफल लिन सकिन्छ। पछिल्लो समय नेपालमा पनि सेयर बजारप्रति आम नागरिकको आकर्षण बढ्दै गएको छ। तर, यो बजारमा अवसर मात्रै छैन चुनौति पनि उत्तिकै छ । त्यसमाथि सेयर बजारमा ‘हाइप्रोफाइल’ व्यक्तिको प्रवेशले अवसर र जोखिम दुबै बढाउने विश्लेषकहरू बताउँछन् ।
बजारमा हाइप्रोफाइल व्यक्तिको लगानी हुँदा पुँजी प्रवाह बढाउने हुँदा बजार सक्रिय रहन्छ । सर्वसाधारणमा बजारप्रति विश्वास बढ्ने हुँदा नयाँ लगानीकर्तालाई आकर्षित हुन्छन् । ठुलो परिमाणमा कारोबार हुँदा ‘मार्केट डेप्थ’ र तरलता बढ्ने भएकाले सेयर किनबेच प्रक्रिया पनि सहज बन्छ। तर सेयर बजारमा सबै लगानीकर्ताको सूचना र पहुँच समान नहुने समस्या देखिन्छ। केही लगानीकर्ताले समयमै सही सूचना पाउँछन् भने धेरै साना लगानीकर्ताहरू पछाडि पर्ने अवस्था रहन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)