करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री
gorkhapatraonline.com · Wed Apr 15 18:10:07 GMT 2026

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिकसत्र २०८३ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ ।
नयाँ शैक्षिकसत्रका लागि वैशाख २ गतेसम्ममा कार्यालयले ११ करोड ९८ लाख १० हजार २१८ रुपियाँ बराबरका पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ । प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख रुद्र खनालले यस वर्षको शैक्षिकसत्रका लागि वैशाख २ गतेसम्म नेपालगन्ज कार्यालयबाट ११ करोड ९८ लाख १० हजार २१८ रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री गरिसकिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)