हिमाली भेगमै बढ्यो गर्मी
ekantipur.com · Sat Jun 10 00:49:24 GMT 2023
सोलुखुम्बु, काठमाडौं — देशभर तापक्रम बढिरहेका बेला विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा पनि गर्मीले जनजीवन कष्टकर हुन थालेको छ । प्रायः चिसो भइरहने नाम्चे बजारमा एक सातादेखि असह्य गर्मी महसुस गरिएको छ ।
‘१२ वर्ष अगाडि एक पटक यस्तै गर्मी भएको थियो,’ एक स्थानीयले भने । एक सातादेखि यहाँ टन्टलापुर घाम लागिरहेको छ । दैनिक तापक्रम १२ डिग्री सेल्सियससम्म पुगेको छ । ‘बिहान ८ बजेदेखि साँझ ५ सम्म चर्को घाम लाग्छ, हिमाली भेगका स्थानीयका लागि यो धेरै गर्मी हो,’ स्थानीय व्यवसायी लामाकाजी शेर्पाले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)