पेट्रोलियम अन्वेषणको काम पुनः अघि बढाइँदै
nayapatrikadaily.com · Tue Jun 28 00:30:00 GMT 2022
कोरोना महामारीका कारण रोकिएको नेपालको पेट्रोलियम अन्वेषणको काम पुनः अघि बढ्ने भएको छ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा अघि बढाइने भनिएको अन्वेषणको काम कोरोनाका कारण दुई वर्षदेखि रोकिएको थियो । महामारीको प्रभाव घट्दै गएपछि अन्वेषणको काम अघि बढाउन चिनियाँ टोली नेपाल आएको हो ।
चिनियाँ टोली आएपछि कोरोनाका कारण रोकिएको अन्वेषणको कामले गति लिने संकेत मिलेको खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सुधीर रजौरेले जानकारी दिए । आइतबार नेपाल आइपुगेको चाइना जियोलोजिकल सर्भेका सात सदस्सीय टोलीले सोमबार विभागका महानिर्देशकलाई भेटेका छन् । उनीहरूले अहिले दैलेखमा अन्वेषणको पूर्वतयारीका काम गर्ने महानिर्देशकले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)