मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

महोत्तरीको जलेश्वरमा पूर्ण निषेधाज्ञा लगाउने निर्णय

deshsanchar.com · Mon May 10 17:07:03 GMT 2021

जनकपुरधाम– महोत्तरीको जलेश्वरमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय भएको छ। कोरोना संक्रमणबाट जलेश्वरमै ६ जनाभन्दा बढीको मृत्यु भएपछि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णयअनुसार वैशाख २२ देखि ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाइए पनि जलेश्वर नगरपालिकामा मात्रै आधा दर्जन व्यक्तिको कोरोनाबाट मृत्यु भएपछि मंगलबार ६ बजेदेखि लागू हुने गरी जलेश्वरमा पूर्ण रूपमा निषेधाज्ञा जारी गरिएको प्रजिअ भट्टराईले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)