जलस्रोतको आफ्नै कुव्यवस्थापन लुकाउन भारतविरुद्ध पाकिस्तानको झूटो भाष्य
annapurnapost.com · Sat Jul 04 17:09:14 GMT 2026

सिन्धु जल सम्झौतालाई लिएर पाकिस्तानका पत्रपत्रिका, अनलाइन फोरमलगायत विभिन्न माध्यमहरूमा धेरै भ्रामक सूचनाहरू फैलाइँदै छन्। त्यहाँका कथित सम्भ्रान्त वर्ग वा विद्वान्हरूद्वारा लेखिएका लेखहरू तथ्यविहीन छन् र पाकिस्तानमा जनमत सिर्जना गर्न बुनिएका सामान्य बयानबाजी मात्र हुन्। यद्यपि भारतले हालः यस सम्झौतालाई थातीमा राखेको छ, पाकिस्तानमा व्यापक रूपमा चर्चा गरिएको तथाकथित पानी अभावको वास्तविक समस्यालाई नियाल्नु महत्त्वपूर्ण छ। उनीहरू आफ्ना जलसम्बन्धी समस्याका लागि भारतलाई यसरी दोष दिइरहन्छन्, मानौँ भारतले उनीहरूलाई आवश्यक ठानेजति सबै पानी उपलब्ध गराउनुपर्ने दायित्व बोकेको हो। सिन्धु जल सम्झौताको धारा-३ अनुसार भारतले आफूलाई अनुमति दिइएको उपयोगबाहेक पश्चिमी नदीहरूको पानी प्राकृतिकरूपमा बग्न दिनुपर्ने बाध्यता थियो। त्यसैले कुनै पनि समयमा पाकिस्तानले प्राप्त गर्ने पानीको बहाव जलाधार क्षेत्रमा हुने वर्षा, हिउँ पग्लने प्रक्रिया तथा भारतलाई तोकिएको उपयोगजस्ता विभिन्न कारकहरूमा निर्भर हुन्छ।
विभिन्न अनुसन्धान संस्थाहरूका अनुसार पाकिस्तानले सिन्धु बेसिनका पश्चिमी नदीहरूबाट वार्षिक रूपमा औसत करिब १४० मिलियन एकड फिट (एमएएफ) पानी प्राप्त गर्छ, जुन सम्झौता हुँदा अनुमान गरिएको १३५ एमएएफभन्दा पनि बढी हो। तर, पूर्वी नदीहरूमा भने त्यसबेला अनुमान गरिएको ३३ एमएएफको तुलनामा पानीको बहाव करिब १५ प्रतिशतले घटेको रिपोर्ट गरिएको छ। त्यसोभए भारतविरुद्ध यति धेरै बयानबाजी किन? हामी यस विषयको गहिराइमा पुग्यौँ भने यसको उत्तर धेरै टाढा छैन। करिब १४० एमएएफ पानीमध्ये पाकिस्तानले सिँचाइका लागि मात्र करिब १०४ एमएएफ पानी मोड्ने गर्छ। बाँकी पानी या त प्रणालीमै खेर जान्छ वा समुद्रमा मिसिन्छ। पाकिस्तानमा देखिएको तथाकथित पानी अभावको वास्तविक कारण प्राप्त पानीको कुव्यवस्थापन र अन्य थुप्रै कारकहरू हुन्, जसमाथि त्यहाँका विज्ञहरूले विरलै छलफल गर्छन्। बहुमूल्य जलस्रोतको व्यवस्थापनमा पाकिस्तान सरकारसहितका सरोकारवालाहरूको निष्क्रियता र असफलताबारे सार्वजनिक रूपमा सायद नै कुनै गम्भीर छलफल हुन्छ, विशेष गरी सन् १९६० मा सम्झौतामा हस्ताक्षर भएयता जमिनको वास्तविकता धेरै बदलिसकेको अवस्थामा। के सधैँ भारतलाई दोष दिने र पाकिस्तानमा जलस्रोतको कुव्यवस्थापनजस्ता वास्तविक मुद्दाबाट ध्यान मोड्न 'पीडित' बन्ने खेल खेल्नु नियोजित एजेन्डा हुन सक्छ? आउनुहोस्, विभिन्न तथ्यहरू हेरौँ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)