मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोराही उपमहानगरभित्रकै एउटा गाउँ जहाँ न बिजुली छ, न मोटर बाटो

ratopati.com

दाङ । भर्खर स्थानीय तहको निर्वाचन सकिएको छ । निर्वाचित जनप्रतिनिधिहरू कतै स्वागत सम्मान त कतै भेटघाट, कतै भोजभतेरसम्म व्यस्त छन् । विकासको अभावमा बाँचेका गाउँले भने भोट माग्न आउँदा गरेका बाचा पूरा गर्न जनप्रतिनिधिहरू गाउँ फर्किन्छन् कि भन्ने आशमा बसेका छन् ।

गाउँलेहरु जनप्रतिनिधिहरू कहिले आउलान् र विकासमा कुरा पूरा गरौँला भन्नेमा छन् । निर्वाचित जनप्रतिनिधिहरू दुर्गम गाउँमा भन्दा पालिकाको केन्द्रमै व्यस्त छन् । दुर्गम गाउँका बासिन्दा भने जनप्रतिनिधि कहिले आउलान् र चुनावको समयमा बाँडेका आश्वास पूरा गर्लान् भन्ने प्रतीक्षामा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)