मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

केम्यान आइल्मायाण्डमा लन्डन दूतावासको पहिलो नेपाली उच्चस्तरीय भ्रमण

ratopati.com · Wed Apr 15 18:53:35 GMT 2026

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले पहिलोपटक केम्यान आइल्याण्डको उच्चस्तरीय भ्रमण गरेका छन् । नेपाल सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा उनले केम्यान आइल्याण्डकी गभर्नर जेन ओवेनसँग भेटवार्ता गरे । गभर्नर ओवेन बेलायती राजा चार्ल्स तृतीयका प्रतिनिधि हुनुका साथै त्यहाँको सरकार प्रमुखको भूमिकामा रहन्छिन् । उक्त भेटमा त्यहाँ बसोबास गर्ने र रोजगारीमा संलग्न नेपाली समुदायको अवस्था, उनीहरूको योगदान र भविष्यमा हुनसक्ने सम्भावनाहरूबारे छलफल भयो ।

कार्यवाहक राजदूत दुवाडीले केम्यान आइल्याण्डमा कार्यरत नेपाली नागरिकहरूको हित, सुरक्षा र कल्याणका विषयमा ध्यानाकर्षण गराउँदै उनीहरूको हकहित संरक्षणका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)