मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति

shilapatra.com · Sat Jun 13 07:25:00 GMT 2026

नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुनःनिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारीबीच झापाको विर्तामोडमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ । नापी विभाग, सीमा शाखा काठमाडौंको आयोजनामा भएको बैठकमा झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्यांकन गरिएको थियो ।

हालै सम्पन्न बैठकमा संयुक्त टोलीले पछिल्ला तीन महिनामा गरेका कामको विवरण प्रस्तुत गर्दै मर्मत गरिएका तथा पुनःनिर्माण आवश्यक रहेका सीमास्तम्भबारे जानकारी गराएको थियो । सीमासम्बन्धी प्राविधिक विषयमा नियमित रूपमा हुने बैठकले सीमांकनको स्पष्टता कायम राख्न तथा सीमास्तम्भको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय