इरान ‘खतरा’ बारे ट्रम्पसँग फेरि कुरा गरेको नेतान्याहूको भनाइ
barnanmedia.com · Sun Nov 10 22:11:18 UTC 2024

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विगत केही दिनमा अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पसँग इजरायलको सुरक्षामा ‘इरानी खतरा’ बारे तीन पटक कुराकानी गर्नुभएको उहाँको कार्यालयले आइतबार बताएको छ ।
“पछिल्ला केही दिनमा मैले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन पटक कुरा गरेको छु । इजरायल र अमेरिकाबीचको बलियो गठबन्धनलाई अझ बलियो बनाउनका लागि वार्ता गरिएको हो”, आफ्नो कार्यालयले जारी गरेको विज्ञप्तिमा नेतान्याहूले भन्नुभएको छ, “हामी इरानी खतराको हरेक पक्षमा एउटै दृष्टिकोण राख्छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)