मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुगन्धकोकिला उत्पादनको केन्द्र बन्दै छिल्लीकोट

barnanmedia.com · Sun Nov 10 22:21:11 UTC 2024

यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोट विश्वमै लोपन्मुख भनिएको सुगन्धकोकिला (मल्लागिरी) उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँ पाइने सुगन्धकोकिलाको बीउ हालसम्म बिक्री गरी २६ जिल्ला पठाइ सकिएको स्थानीय प्रविर पुनले जानकारी दिनुभयो ।

“विश्वमै लोपोन्मुख यसको बिरुवा छिल्लीकोटमा पाइन्छ भनेपछि धेरै जनाले बीउ लिएर जाने गर्नुभएको छ”, उहाँले भन्नुभयो । सुगन्धकोकिला प्रतिकिलो रु सात सय ५० सम्ममा बिक्री हुने गरेको छ । “विगतमा हामीले किलोको पाँच सयसम्ममा बिक्री गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर, अहिले मूल्य वृद्धि भएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)