८ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
saralpatrika.com · Sun Oct 17 15:17:00 GMT 2021
काठमाडौं । गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । यस्तै चारजना सहसचिव र आठ उपसचिवको काज सरुवा भएको हो । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै दसैं बिदापछि कार्यालय खुलेकै दिन ८ जिल्लाका प्रजिअसहित गृह अन्तर्गतका कर्मचारीको सरुवा गरेको हो ।
मन्त्रालयका अनुसार किरण थापा कैलाली, कैलालीका खगेन्द्र रिजाल मन्त्रालय, जगन्नाथ पन्त मन्त्रालयबाट पाल्पा, हरि प्रसाद घिमिरे अर्घाखाँची, बिष्णु पौडेल मन्त्रालय, वेदनिधि खनाल सिन्धुपाल्चोक, माधव ढकाल बिपद जोखिम प्राधिकरण, वेदनिधि अधिकारी डोल्पा, नेत्रशर्मा मुस्ताङ, श्रीनाथ पौडेल मन्त्रालय, राजु पौडेल स्याङ्जा, दीपक नेपाल मन्त्रालयमा सरुवा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)