अपोलो अस्पतालमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार सुरु
nayapatrikadaily.com · Wed Jun 16 23:14:00 GMT 2021
पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा बुधबारदेखि नै उपचार सुरु भएको छ । स्वास्थ्य समस्या बढेपछि खनाललाई स्वास्थ्य उपचारका लागि बुधबार दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्लीस्थित अपोलो अस्पताल लगिएको थियो ।
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले अस्पतालमै पुगेर खनाल र उनको उपचारको नेतृत्व गरिरहेका चिकित्सकसँग स्वास्थ्यस्थितिबारे छलफल गरेका छन् । भेटपछि राजदूत आचार्यले खनालको उपचार बुधबारबाटै सुरु भएको जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि नर्भिक अस्पताल भर्ना भएका खनालको स्वास्थ्यमा थप जटिलता थपिन सक्ने देखिएपछि चिकित्सकको परामर्शमा दिल्ली लगिएको हो । खनाल लगातार ज्वरो र खोकीपछि नर्भिक अस्पताल भर्ना भएका थिए । तर, स्वास्थ्यमा सुधार आउनुको साटो समस्या बढ्दै गएपछि चिकित्सकले दिल्ली लैजान सुझाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)