घरदैलोमै पुगेर राहदानी हस्तान्तरण सुरु
gorkhapatraonline.com · Fri Jun 05 03:52:36 GMT 2026

जिल्ला प्रशासन कार्यालय रौतहटले नागरिकको घरदैलोमै पुगेर राहदानी (पासपोर्ट) हस्तान्तरण गर्ने कार्य सुरु गरेको छ। नेपाल सरकारको नीति बमोजिम जिल्ला हुलाक कार्यालयसँग समन्वय गरी सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बुधबारदेखि राहदानी हस्तान्तरण कार्य आरम्भ गर्नुभएको हो।
प्रारम्भिक चरणमा २१ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको जिल्ला हुलाक कार्यालय प्रमुख देवनाथ यादवले जानकारी दिनुभयो। उहाँका अनुसार पुराना तथा वितरण हुन बाँकी रहेका राहदानीहरू पनि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्याउने तयारी भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)