तथ्यांकोवाच : रू. ४६ करोड ७५ लाखको टमाटर आयात
abhiyandaily.com
काठमाडौं (अस) । गत आर्थिक वर्षमा रू. ४६ करोड ७५ लाख बराबरको टमाटर आयात भएको छ । विगत १३ वर्षको तथ्यांकको विश्लेषण गर्दा सो अवधिमा टमाटर आयातको औसत वार्षिक वृद्धिदर करीब ५१ प्रतिशत रहेको छ ।
कृषि श्रमिकको कमी, टमाटर खेती योग्य कृषि भूमिको विनाश, बढ्दो भूमि मूल्य, ठूला कृषकहरूलाई शोषक–सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति, ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा ठूलो अनुदानयुक्त मुलुकको टमाटर उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम उत्पादन हुन नसक्दा टमाटरको आयातमा यस प्रकारको वृद्धि देखिएको हो । उक्त परिस्थितिलाई दृष्टिगत गर्दै टमाटर उत्पादनमा सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै टमाटरमा आत्मनिर्भर हुने निश्चित छ । यहाँ प्रस्तुत तथ्यांकले टमाटर खेतीमा व्यावसायिक लगानीको उज्ज्वल सम्भावना पुष्टि हुन्छ । यसका लागि सरकारले उचित वातावरण सृजना गर्नु आवश्यक देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)