भारतलाई बिजुली बेच्न खुल्यो बाटो
ekantipur.com · Wed Nov 03 00:54:47 GMT 2021
काठमाडौँ — नेपालले भारतीय बजारमा विद्युत् बेच्न अनुमति पाएको छ । कोइला अभावमा चरम ऊर्जा संकट भोगिरहेको भारतले इन्डियन इनर्जी एक्सचेन्ज बजारमा प्रतिस्पर्धामार्फत बिजुली बेच्न नेपाललाई अनुमति दिएको हो । भारत सरकारले सोमबार यस्तो अनुमति दिएकामा नेपालले मंगलबार पहिलोपटक प्रतिस्पर्धामा भाग लिएको थियो ।
प्रत्येक दिन बोलकबोलका आधारमा मूल्य निर्धारण हुने एक्सचेन्ज बजारमा नेपालले बुधबार बेच्ने बिजुलीका लागि प्रतियुनिट औसत ४ रुपैयाँ ३३ पैसा (२.७१ भारु) कबोलेको प्राधिकरणले जनाएको छ । यसअघि नेपालबाट भारतमा साटासाट अर्थात् पैंचोको अवधारणामा मात्रै विद्युत् जाने गरेको थियो । बर्खायाममा बढी भएको विद्युत् भारतलाई दिएर नेपालले हिउँदमा फिर्ता लिने गरेको थियो । एकतर्फी रूपमा भारतले विद्युत् बेच्ने अवस्थाको समेत अब अन्त्य भएको छ । इन्डियन इनर्जी एक्सचेन्जमा भाग लिने नेपाल पहिलो मुलुकसमेत बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)