‘गौरव योजना’ र ‘स्वर्णिम योजना’को प्रगति तीन दिनभित्र पेस गर्न निर्देशन
ratopati.com · Thu Nov 20 19:05:00 GMT 2025

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘गौरव योजना’ र ‘स्वर्णिम योजना’को प्रगति तीन दिनभित्र पेस गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले निर्देशन दिएका छन् ।
बिहीबार विभागीय प्रमुख र कार्यक्रमका फोकल पर्सनहरूसँगको संयुक्त बैठकमा उनले आन्तरिक सञ्चार र समन्वयमा जोड दिँदै प्रक्रियामा भएका योजना कहिले टुङ्गिने हो ? अपेक्षित अवधि, समस्या भए समाधानका उपायसहितको विवरण पेस गर्न भनेका हुन् । यी विवरण सहरी योजना आयोग, योजना, अनुगमन तथा मूल्याङ्कन एकाइ र प्रमुख प्रकाशकीय अधिकृतको सचिवालयमा बुझाउनुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)