प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसम
annapurnapost.com · Mon Nov 08 07:18:00 GMT 2021
काठमाडौं : सोमबार प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार बुलेटिन जारी गर्दै तीन दिनसम्म प्रदेश १ र गण्डकीमा हिमपात हुनसक्ने जनाएको हो।
सोमबार दिउँसो प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली हुने बुलेटिनमा जनाइएको छ। त्यस्तै अन्य प्रदेशहरूमा आंशिक बदली हुने छ। राति भने देशभर आंशिक बदली हुने छ। प्रदेश १ र गण्डकीमा भने दिउँसो र राति पनि हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)