कक्षा ११ को पठनपाठन आगामी असार १ देखि
kendrabindu.com · Wed May 20 12:12:53 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न/गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो । मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी आज जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)