आशिष बिष्टलाई वर्ल्ड बुक अफ रेकर्ड्स यूकेद्वारा ‘एक्सिलेन्स सर्टिफिकेट’ प्रदान
himalpress.com · Wed May 20 12:12:15 GMT 2026

काठमाडौँ- पश्चिम अस्ट्रेलियाको पर्थमा रहेका नेपाली नागरिक आशिष बिष्टलाई वर्ल्ड बुक अफ रेकर्ड्स, यूकेले ‘एक्सिलेन्स’ श्रेणीअन्तर्गत प्रमाणपत्र प्रदान गरेको छ। संस्थाले उनलाई सात वर्षमा एक दशक लामो शैक्षिक अवरोधपछि पनि पाँचवटा उन्नत डिग्री (जसमध्ये पीएचडी तथा व्यावसायिक लेखा योग्यतासमेत) हासिल गरेको शैक्षिक उपलब्धिका आधारमा सम्मान गरेको जनाएको छ।
वर्ल्ड बुक अफ रेकर्ड्सद्वारा जारी पत्रमा बिष्टको उपलब्धिलाई ई१ श्रेणीमा समावेश गरिएको उल्लेख छ। उक्त श्रेणी विभिन्न क्षेत्रका उपलब्धि, विशिष्ट सेवा तथा उल्लेखनीय योगदानलाई मान्यता दिने उद्देश्यले प्रदान गरिने बताइएको छ। संस्थाले शैक्षिक, व्यावसायिक, सामाजिक तथा मानवीय क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तिहरूलाई यस श्रेणीमार्फत सम्मान गर्दै आएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)