मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

औषधिको बजार नियमन कमजोर

ekantipur.com · Tue Feb 14 01:17:48 GMT 2023

काठमाडौँ — स्वदेशमै उत्पादित र आयातित औषधिको गुणस्तर परीक्षण नहुँदा उपभोक्ता कमसल औषधि सेवन गर्न बाध्य छन् । औषधि व्यवस्था विभागकै अध्ययनले पनि १० प्रतिशत औषधि कमसल हुने गरेको देखाएको छ ।

विभागले औषधिको बजार नियमन कमजोर हुनुमा जनशक्ति अभावलाई कारण देखाउने गरेको छ । विभाग र त्यसअन्तर्गतका कार्यालयमा हाल १ सय १५ कर्मचारी छन् । त्यति जनशक्तिले वार्षिक ७० अर्बको कारोबार हुने औषधि बजार नियमन गर्न नसकिने विभागको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)