मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तान तालिबानको कब्जासँगै २० वर्षपछि घर फर्किए लादेनका निकट सहयोगी

news24nepal.tv · Tue Aug 31 00:45:11 GMT 2021

काबुल । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि खुंखार आतंककारी पनि घर फर्किन थालेका छन् । अलकायदाका पूर्व नेता ओसामा बिन लादेनका अति निकट सहयोगी एवं हतियार आपूर्तिकर्ता अमिन उल हक २० वर्षपछि अफगानिस्तानको नांगरहार प्रान्तस्थित आफ्नो घर फर्किएका हुन् ।

९-११ हमलापछि लादेन तोराबोराका गुफामा लुकेका थिए । त्यसबेला अमिन पनि उनकै साथमा थिए । पछि पाकिस्तान गए । २० वर्षपछि अहिले उनी घर फर्किएका हुन् । एक लक्जरी कारमा आएका हकलाई नांगरहारका स्थानीयले भव्य स्वागत गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)