प्रदर्शनकारीले श्रीलंकाका प्रधानमन्त्रीको निजी निवासमा लगाए आगो
annapurnapost.com · Sat Jul 09 16:30:00 GMT 2022
कोलम्बो : श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका छन्। कोलम्बोको फिफ्थलेनस्थित उनको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेको डेली मिरर अनलाइनले जनाएको छ।
शनिबार साँझ प्रदर्शनकारीहरु प्रधानमन्त्रीको निजी निवास छिरेका थिए। सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तनावको स्थिति आएपछि आश्रुग्यास प्रहार गरिएको थियो। त्यसका बावजुद प्रदर्शनकारीहरुले घरमा आगजनी गरेको समाचारमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)